• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

लायन्स क्लब अफ इम्फालले मनायो ५७ औं चार्टर डे

२०८१ श्रावण ३० बुधबार १३:४३:०० मा प्रकाशित

भारतको मणिपुरमा रहेको लायन्स क्लब अफ इम्फालले ५७ औं चार्टर डे मनाएको छ । 

आफ्नो सेवा केन्द्र, संगाइप्रौमा २२ जुन २०२४ मा एक विशेष कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा मणिपुर कल्चर विश्वविद्यालयका उपकुलपति प्रा पौनम गुनिन्द्रोको उपस्थिति रहेको थियो । लायन डा डब्ल्यू गोपीमोहन, तत्कालका पाष्ट डिस्ट्रिक्ट गभर्नर, लायन एम गोजेन्द्र र लायन एच मणिकुमार, पाष्ट डिस्ट्रिक्ट गभर्नरहरू अतिथिका रुपमा उपस्थित थिए । 

कार्यक्रममा नयाँ सदस्यहरुलाई इन्डक्सन अफिसर लायन डा डब्ल्यु गोपीमोहनले नियुक्त गरेका थिए । कार्यक्रममा क्लबको वार्षिक बुलेटिन “द लायन्स बुकेट” पनि विमोचन गरिएको थियो ।