• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

डिष्ट्रिक्ट ३२५ के विश्वमा नै पहिलो, आर दोस्रो र जे पाँचौ स्थानमा

२०८३ असोज १८ आइतबार १४:१७:०० मा प्रकाशित

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ के यो लायन वर्षको सेम्टेम्बरसम्म सबैभन्दा धेरै नयाँ क्लब स्थापना गर्ने डिष्ट्रिक्टहरुमा विश्वमा नै पहिलो भएको छ ।

डिष्ट्रिक्ट के ले सेप्टेम्बर सम्ममा ३९ वटा क्लब स्थापना गरेको छ । डिष्ट्रिक्ट के का गभर्नर लायन रमेश अधिकारी हुन् । त्यस्तै धेरै क्लब खोल्नेमा डिष्ट्रिक्ट ३२५ आर दोस्रो स्थानमा छ । १७ वटा क्लब स्थापना गरेको यो डिष्ट्रिक्टका गभर्नर लायन प्रभाकर पन्डित हुन् ।

डिष्ट्रिक्ट ३२५ जे नेपाल पांचौ स्थानमा पर्न सफल भएको छ । हालसम्म १० वटा क्लब स्थापना गरेको यो डिष्ट्रिक्टका गभर्नर लायन प्रजापती बास्तोला हुन् । त्यसैगरी डिष्ट्रिक्ट एफ, जि, एम, पि, ले समान ८/८ वटा क्लब स्थापना गरेका छन् ।

त्यस्तै डिष्ट्रिक्ट इ ले ७ वटा, आई र एसले ६/६ वटा, सि र एचले ४/४ वटा, एल र एनले ३/३ वटा क्लब स्थापना गरेका छन् ।

नेपालका सबै सिनियर लायन्स लिडरहरुले विश्वमा नै प्रथम हुने तथा अन्य डिष्ट्रिक्टहरुलाई बधाई दिएका छन्  ।