• बुधबार १२ कार्तिक २०८३ / Wednesday, October 28,2026

विश्व दृष्टि दिवसका अवसरमा निःशुल्क आँखा जाँच शिविर

२०८३ असोज २३ शुक्रबार २१:५५:०० मा प्रकाशित

काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एच ले बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

“आफ्ना आँखालाई माया गरौँ, आफ्नो दृष्टिको रक्षा गरौँ” भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । डिस्ट्रिक्ट ३२५ एच को Cluster II अन्तर्गतका सबै लायन्स क्लबहरूको आयोजना तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरको संयोजन क्लस्टर प्रमुख लायन प्रकाश ढकालले गरेका थिए । 

शिविरमा कुल १९३ जना विद्यार्थीहरूको विस्तृत दृष्टि परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जना विद्यार्थीहरूलाई थप परीक्षण तथा उपचारका लागि नेपाल आँखा अस्पतालमा रेफर गरिएको छ । दृष्टिमा सुधार ल्याई उनीहरूलाई सहजता र आत्मविश्वासका साथ अध्ययन निरन्तरता दिन मद्दत पुर्‍याउने उद्देश्यले आवश्यक विद्यार्थीहरूलाई चश्मा समेत वितरण गरिएको थियो । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन उद्दव सिलवाल, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन डा. ज्योति शेरचन तथा अन्य विशिष्ट लायन्स नेताहरू एवम् सदस्यहरूको उपस्थिति रहेको थियो। 

विश्व दृष्टि दिवसको यस पहलले दृष्टि सम्बन्धी स्याहार र समाज सेवाप्रतिको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एच को प्रतिबद्धतालाई दर्शाएको छ । प्रारम्भिक परीक्षण,  थप उपचारका लागि सिफारिस र चश्मा वितरणको माध्यमबाट विद्यालयका विद्यार्थीहरूको आँखाको सुरक्षा गर्न र नियमित आँखा स्याहारको महत्त्वबारे जनचेतना फैलाउन योगदान पुर्‍याएको छ ।