लायन्स क्लबद्धारा मैतीदेवी मन्दिर परिसरको सरसफाई
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं निर्वाना र लियो क्लब अफ काठमाडौं निर्वानाले मैतीदेवी मन्दिर परिसर सरसफाइ गरेको छ ।
दसैँको पूर्वसन्ध्यामा धार्मिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले मन्दिर परिसर तथा आसपासको क्षेत्रको सरसफाइ गरिएको हो । चाडपर्वका बेला मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई स्वच्छ वातावरण प्रदान गर्नुका साथै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका प्रेसिडेन्ट लायन राजनराज खनालले जानकारी दिए । खनालले चाडपर्वको खुसीसँगै सरसफाइ र सम्पदा संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए।
उनले भने, “दसैँ हाम्रो आस्था, संस्कृति र एकताको पर्व हो। दसैँ सुरु हुनुअघि धार्मिक स्थलहरूलाई सफा र सुन्दर बनाउनु सकारात्मक सामाजिक कार्य हो। हाम्रा मठमन्दिर तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। स्वच्छ वातावरण निर्माण र सामाजिक सेवाका यस्ता अभियानलाई क्लबले निरन्तरता दिनेछ।”
लायन्स क्लब अफ काठमाडौं निर्वाना र र लियो क्लब अफ काठमाडौं निर्वानाले संयुक्त रूपमा सामाजिक सेवा, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिका विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै क्लबले आगामी दिनमा पनि समुदायको हित र सांस्कृतिक सम्पदाको संरक्षणका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।