• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

जावलाखेलमा लायन्स क्लबको रक्तदान कार्यक्रम, २० पिन्ट रगत संकलन

२०८३ असोज २६ सोमबार १०:१३:०० मा प्रकाशित

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरको आयोजनामा ललितपुरको जावलाखेलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा क्लबका सदस्यहरू, स्वयंसेवक तथा विभिन्न क्षेत्रका रक्तदाताहरूको सहभागिता रहेको थियो। रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्‍याउने तथा समाजमा स्वैच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लवका प्रेसिडेन्ट लायन सुनिल चपाईले जानकारी दिए । स्टार अस्पतालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन गरिएको थियो । 

उनले क्लबका सदस्यहरूको सक्रिय सहभागिता, आपसी समन्वय र सामूहिक प्रयासबाट कार्यक्रम सफल भएको उल्लेख गर्दै रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, कार्यक्रम व्यवस्थापनमा खटिएका सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे । 

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरले लायन्स वर्ष २०२६–२७ मा रक्तदान, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, भोकमरी निवारण तथा विपन्न समुदायको सहयोगलगायतका सामाजिक सेवामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ।