गौशाला प्रहरीलाई डिस्ट्रिक्ट ३२५ ई ले दियो अत्यावश्यक सामाग्री
काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ई ले काठमाडौंको महानगरी प्रहरी वित्त गौशालालाई दैनिक रुपमा अत्यावश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । जे नेपालजेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरी वित्तमा आगजनी गरेका थिए ।
डिस्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ता, आईपिडिजी लायन रामशरण बस्नेत, फस्ट भिडिजी श्याम कुमार यादव, सेकेन्ड भिडिजी लायन बिमल कुमार श्रेष्ठ, पिएमसिसी लायन दिनेश पौडेल, पिडिजी अनन्त प्रसाद भेटुवाल, पिडिजी लायन टंक बहादुर श्रेष्ठ लगायतका लायन्स लिडरहरुको उपस्थितीमा सामाग्री प्रदान गरिएको हो ।
दैनिक रुपमा आवश्यक पर्ने ग्यास, भाँडाकुडा, सरसफाई गर्ने सामाग्रीहरु काठमाडौं महानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष आशामान संगतको रोहबरमा प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।
लायन केदार कोइराला, लायन विष्णु खड्का, लायन उत्तम खुलाल, लायन राजेन्द्र किभाछे, लायन सरु सिंह डंगोल, लायन जय राज श्रेष्ठ लगायतको सहयोगमा करिब १ लाख १७ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको लायन रेनुका श्रेष्ठले जानकारी दिइन् ।