वर्ष २०२२/२३ का डिष्ट्रिक्ट प्रेसिडेन्ट लियो किरण थापा
बाबु रामकुमार थापा र आमा सरस्वती देवी थापाको कोखबाट १५ जनवरीमा जन्मिएका लियो किरण थापा टोखा नगरपालिका वडा नंं ४ धापासीमा बस्छन् । उनको होम क्लब लियो क्लब अफ काठमाडौं बुढी गण्डकी हो ।
लियो किरण थापाले वर्ष २०२२/२३ मा लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे को नेतृत्व गरे । २०१८/१९ मा क्लबको सेक्रेटरी बनेका किरण २०१९/२० मा क्लब प्रेसिडेन्ट बने ।
लियो यात्रालाई निरन्तरता दिने क्रममा उनी बाइफर्केसन अघिको डिष्ट्रिक्ट ३२५ बि १ को रिजन को अर्डिनेटर वर्ष २०२०/२१ मा बने । त्यसपछि उनले वर्ष २०२१/२२ मा चिफ रिजन को अर्डिनटेरको जिम्मेवारी सम्हाले ।
डिष्ट्रिक्ट काउन्सिलको प्रेसिडेन्ट भएपछि धेरै सामाजिक कार्यहरुमा सक्रिय भएका लियो किरण थापा अहिले पनि समाजसेवामा त्यतिकै रुची राख्छन् । अध्ययनलाई निरन्तरता दिँदै उनी अहिले पनि लायन्स इन्टरनेसनलको सामाजिक कार्यमा सक्रिय छन् ।