लियो प्रवेशको ९ वर्षमै डिष्ट्रिक्ट प्रेसिडेन्ट बनेका लियो बिष्णु प्रसाद दाहाल
लियो क्लब अफ हेम्जाबाट सन् २०१४ मा लियो बनेका लियो विष्णु प्रसाद दाहाल यात्राको ९ वर्षमा डिष्ट्रिक्ट काउन्सिलको प्रेसिडेन्ट बने । उनी वर्ष २०२३/२४ का लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे का प्रेसिडेन्ट हुन् ।
बाबु मधुसुदन दाहाल र आमा सारदा दाहालको कोखबाट पोखराको हेम्जामा जन्मिएका उनी वर्ष ला २०१५/१६ मा लियो क्लब अफ हेम्जाको सह कोषाध्यक्ष बनेका थिए ।
लायन वर्ष २०१६/१७ मा क्बल डाइरेक्टर, २०१७/१८ मा क्लब भाइस प्रेसिडेन्ट, २०१८/१९ मा क्लब प्रेसिडेन्ट, २०१९/२० मा डिष्ट्रिक्ट कमिटि चेयरपर्सन, २०२०/२१ मा डिष्ट्रिक्ट डाइरेक्टर, २०२१/२२ मा रिजन कोअर्डिनेटर र वर्ष २०२२/२३ मा डिष्ट्रिक्ट भाइस प्रेसिडेन्टको जिम्मेवारी उनले बहन गरेका थिए ।
आफ्नो कार्यकालमा उत्कृष्ट क्लब अध्यक्षको उपाधी लगायत लायन्स क्लब, जिल्ला तथा वहुजिल्लामा समेत विभिन्न भुमिकामा रहेर उनले धेरै सम्मान तथा अवार्ड प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकामा अधिकृत तहमा कार्यरत उनी अहिले पनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध र क्रियाशिल छन् ।