आज विश्वकर्मा पूजा
काठमाडौं । आज विश्वकर्मा पूजाको दिन हो । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । त्यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी यो दिन मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।