सामाजिक कार्यमा सक्रिय लियो सबिन भट्टराई
बाबु पुस्कर प्रसाद भट्टराई र आमा जयन्ती भट्टराईको कोखबाट २०५३ साल कात्र्तिक १८ गते धुनिबेसी २ धादिङमा जन्मिएका लियो सबिन भट्टराई अहिले डिष्ट्रिक्ट ३२५ जे का प्रेसिडेन्ट हुन् । उनी साधारण सदस्यका रुपमा लियो क्लबमा प्रवेश गरेका थिए ।
सामाजिक क्रियाकलापमा भाग लिन, सामाजिक कार्यमा सक्रिय हुन औधी मन पराउने भट्टराई सरल, शान्त र मिजासिलो तथा हँसिलो स्वभावका छन् । गाउँमा हुँदा सामान्य खेती किसानी जीवनशैलीमा रमाएका उनी अहिले शहरमा व्यस्त हुँदा पनि विगतका जीवन नभुलेको बताउँछन् ।
साना किसान सहकारी माध्यामिक विद्यालयबाट एसएलसी उतिर्ण गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं प्रवेश गरे । विज्ञान विषयमा कलंकीस्थित ज्ञानकुन्ज कलेजबाट १२ उतिर्ण गरेपछि स्नातक तह अध्ययनका लागि उनी अमृत साइन्स क्याम्पसमा भर्ना भए ।
सामाजिक कार्यमा सक्रिय हुने रुचीले गर्दा नै उनी लियो क्लब अफ काठमाडौं मिराकलमा २०१७ मा साधारण सदस्यका रुपमा लियोमा प्रवेश गरे । त्यसपछि उनी लगातार लियोमा सक्रिय हुँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।
वर्ष २०१८/१९ मा उनी लियो क्लब अफ काठमाडौं मिराकलको चिफ कोअर्डिनेटर भए । क्लबमा पिआरओको भूमिका रहेर राम्रो काम गरेकोमा उनी २०१९/२० मा लियो अफ दी इयरबाट सम्मानित भए । २०२०/२१ मा क्लबको सेक्रेटरी बनेका उनी २०२१/२२ मा लियो क्लब अफ काठमाडौं उपकारमा चार्टर प्रेसिडेन्ट बने ।
उक्त क्लबमा रहेर अझ राम्रो काम गरेकोमा उनी लायन्स इन्टरनेसनलबाट एक्सलेन्स लियो क्लब अवार्डबाट सम्मानित भए । त्यसपछि उनी २०२२/२३ मा डिष्ट्रिक्ट ३२५ जे को रिजन कोअर्डिनेटरका रुपमा ५ वटा जिल्लामा रहेका सबै लियो क्लबको अभिभावकका रुपमा सक्रिय भए ।
लियो मल्टिपल ३२५ को टेल टुईस्टरका रुपमा समेत जिम्मेवारी सम्हालेका लियो सबिन भट्टराई हाल लियो डिष्ट्रिक्ट ३२५ जे को लियो प्रेसिडेन्ट हुन् ।
