• बुधबार १२ कार्तिक २०८३ / Wednesday, October 28,2026

बाढीपिडित विद्यार्थीलाई किवानिज क्लब र स्काउट टोलीद्वारा राहत सामग्री वितरण

२०८३ भदौ १८ बिहीबार २१:०६:०० मा प्रकाशित

रसुवा । किवानिज क्लब र स्काउटको संयुक्त पहलमा रसुवाका बाढी प्रभावित विद्यार्थीहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । 

किवानिज क्लब अफ कालिकाको समन्वयमा तारकेश्वर स्काउट क्रु, कालिका स्काउट टुप, काष्ठमण्डप स्काउट क्रुको समेत उपस्थितीमा गत भाद्र १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेको निलकण्ठ माध्यमिक विद्यालय लगायत आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो। स्थानीय प्रशासनको रोहवरमा २०० जोर टयाकसेट, ३०० जोर भित्री कपडा, १०० जोर जुत्ता, डसना २ रोल पिफर्मका साथै सोलर बत्ती लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो । 
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतको नेतृत्वमा स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक राम बैजू, कालिकादेवी मावि शिवपुरी नुवाकोटका प्रधानाध्यापक एवम् स्काउटर कृष्ण कुमार श्रेष्ठ, तारकेश्वर स्काउट क्रुका रोभर स्काउट प्रसुमराज दवाडी तथा सुदिप गौतम लगायतका व्यक्तिहरूको उपस्थितिमा उक्त राहत वितरण कार्यक्रम भएको थियो । 

सो अवसरमा ३०० जोर ट्रयाकसेट उपलब्ध गराएर सहयोग पुर्‍याउने स्काउटर एवम् किवानिज क्लबका सदस्य विजयराज अधिकारीप्रति आयोजक टोलीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।