• बुधबार १२ कार्तिक २०८३ / Wednesday, October 28,2026

लायन्स कार्यक्रममा राष्‍ट्रिय गान अघि बजाउने चलन मैले सुरु गरेको हुँ : लायन ध्रुब बहादुर थापा

२०८२ चैत १७ मंगलबार ०९:४२:०० मा प्रकाशित

PMJF Lion Dhruba Bahadur Thapa नेपालको लायन्स इतिहासमा महत्वपूर्ण परिवर्तन ल्याउने एक कुशल नेतृत्वकर्ता हुनुहुन्छ । उहाँले आफू डिष्ट्रिक्ट गभर्नर हुँदा लायन्स क्लबको कार्यक्रममा अन्तिममा बज्ने राष्टिय गानलाई सुरुमा नै बजाउने कार्यको थालनी गर्नुभयो । यसबाहेक अन्य धेरै परिवर्तनहरु उहाँले गर्नुभएको थियो । पोखरामा जन्मिनुभएका उहाँ हाल लायन्स इन्टरनेशनल अन्तर्गत District 325 J Nepal को Past District Governor अर्थात् अभिभावकीय भूमिकामा हुनुहुन्छ । उहाँको होम क्लब Lions Club of Pokhara Chautari हो, जहाँबाट उहाँले सन् 1999 देखि लायन्स गतिविधिमा सक्रिय सहभागिता जनाउन थाल्नुभएको थियो। उहाँ नेपालमा चारवटा डिष्ट्रिक्ट हुँदा सन् २०१५/१६ मा गभर्नर हुनुभएको थियो । सफल व्यवसायी, नाडाका पूर्व अध्यक्ष तथा Past District Governor उहाँसँग उहाँको कार्यकाल र लायन्स क्लबका गतिविधिसँग सम्बन्धित रहेर गरिएको कुराकानी पुरा हेर्नुहोला ।