• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

लायन्स क्लब अफ काठमाडौं कर्मालय

२०८१ श्रावण २६ शनिबार ००:१०:०० मा प्रकाशित

काठमाडौं । मल्टिपल डिष्ट्रिक्ट ३२५ एच मा रहेको लायन्स क्लब अफ काठमाडौं कर्मालयको स्थापना सन् २०२१ मा भएको हो । २०२२ मा २० जना सदस्य संख्या पूरा गरेपछि यो क्लबले पूर्णता पाएको थियो । यो क्लबको स्पोन्सर क्लब लायन्स क्लब अफ भक्तपुर स्वीट होम हो ।

लायन्स क्लब अफ काठमाडौं कर्मालयको नाम लामो समयदेखि सञ्चालित सामाजिक संस्था कर्मालय फाउण्डेसनबाट रहेको हो । कर्मालय फाउण्डेसन र कर्मालय कल्चरले नेपालमा २० भन्दा बढी विभिन्न परियोजनाहरुमा युरोपबाट १५० भन्दा बढी स्वयंसेवकहरुलाई संलग्न गराई सामाजिक कार्यहरु गर्दै आइरहेको छ । त्यसैगरी कर्मालय ह्यान्डिक्राफ्टले महिलाहरुलाई आत्मनिर्भर हुन विभिन्न सिपहरु सिकाईरहेको छ । 

लायन्स क्लब अफ काठमाडौं कर्मालयको चार्टर प्रेसिडेन्ट लायन भगवान कार्की हुन् । उनले लायन वर्ष २०२१/२२ र २०२२/२३ मा प्रेसिडेन्टका रुपमा सेवा गरे । कार्की विगत २० वर्ष अघि देखि नै लायन्स क्लबमा आवद्ध भई विभिन्न सामाजिक कार्यहरुमा अग्रसर छन् । 

कार्कीको कार्यकालमा गोर्खाको स्वाँरागाउँमा दृष्टिबिहीन बालबालिकाको छात्रावास निर्माण भएको छ । त्यसैलाई विस्तार गर्दै २५० बालबालिकालाई शिक्षा दिने विद्यालय समेत अहिले स्थापना भइसकेको छ । 

लायन्स क्लब अफ काठमाडौं कर्मालयको सक्रियतामा नै बाल हेरचाह केन्द्र पनि सञ्चालन भइरहेको छ । उक्त केन्द्रमा अहिले ३५ भन्दा बढी बालबालिकाहरु छन् । 

दृष्टिविहीन बालबालिकाहरुका लागि काठमाडौंमा उच्च शिक्षा अध्ययनमा सहयोग गर्न क्लबले नयाँ घर भाडामा लिने तयारी गरेको छ । 

लायन वर्ष २०२३/२४ को प्रेसिडेन्ट लायन प्रज्ञा न्यौपाने हुन् । उनले पनि लायन्सको मिसन र भिजनलाई पूरा गर्न आफूले सकेको सामाजिक कार्य गरिरहेकी छन् ।