• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

नेपालका १५ जना भाईस डिष्ट्रिक्ट गभर्नर भारतमा

२०८१ कार्तिक २७ मंगलबार ०९:०४:०० मा प्रकाशित

भारत । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ का १५ जना फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर भारतको कलकत्तामा प्रशिक्षणका लागि पुगेका छन् । 

लायन्स इन्टरनेसनलका फस्ट भाईस प्रेसिडेन्ट लायन एपी सिंहको विशेष निमन्त्रणमा नेपालका १५ वटै डिष्ट्रिक्टका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर भारत पुगेका हुन् । कलकत्तामा मंगलबार र बुधबार विशेष प्रशिक्षण कार्यक्रम हुनेछ । 

आगामी जुलाई १ तारिखबाट इन्टरनेसनल प्रेसिडेन्टको कार्यभर सम्हाल्न लागेका लायन सिंहले डिष्ट्रिक्ट गभर्नर पद सम्हाल्न लागेका भाईस गभर्नरहरुसँग आगामी वर्षको कार्य योजनाका बारेमा पनि छलफल गर्ने कार्यक्रम छ । 

नेपालमा लायन्स इन्टरनेसनलका १५ वटा डिष्ट्रिक्ट छन् । हाल डिष्ट्रिक्ट सि मा लायन बबरजंग थापा, डि मा लायन महेश आचार्य, ई मा लायन हिराप्रसाद गुप्ता, एफ मा लायन केशर बहादुर भण्डारी, जि मा लायन विधान जोशी, एच मा लायन रबिन्द्र बहादुर प्रधान, आई मा लायन पार्वती खरेल पाण्डे, जे मा लायन मिलन बाबु मल्ल, के मा लायन दुर्गा प्रसाद हुँमागाई, एल मा लायन एकनारायण शर्मा, एम मा लायन धनिराम बराल, एन मा लायन ज्ञानेन्द्र कुमार श्रेष्ठ, पि मा लायन बालाराम भट्टराई, आर मा लायन नबराज सापकोटा, एस मा लायन विनय बस्नेत फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर छन् ।