लायन्स क्लब अफ काठमाडौं नेपालको दोस्रो क्लब
लायन्स क्लब अफ काठमाडौं नेपालको दोस्रो लायन्स क्लब हो । काठमाडौंमा भने यो पहिलो लायन्स क्लब हो । यो क्लबको स्थापना सन् १९७२ मा ५० जना सदस्यसहित भएको थियो ।
हामी सेवा गर्छौ अर्थात् We Serve भन्ने मुख्य स्लोगनसहित स्थापना भएको यो क्लब १२ जुलाई १९७२ मा चार्टर भएको हो । यो क्लबको चार्टर प्रेसिडेन्ट प्रोफेसर लायन डा. अन्जनी कुमार शर्मा हुन् । यो क्लब स्थापना गर्ने श्रेय लायन पिसी जैनलाई जान्छ । उनको पहलमा नै लायन्स क्लब अफ काठमाडौं स्थापना भएको हो ।
लायन्स क्लब अफ काठमाडौंमा आवद्ध ८ जना डिष्ट्रिक्ट गभर्नर भइसकेका छन् । लायन वर्ष १९७६/७७ मा लायन डा. अन्जनी कुमार शर्मा, १९८१/८२ मा लायन एस. एन. राठी, १९८३/८४ मा लायन टिका भुषण दाहाल, १९८५/८६ मा लायन पूनम चन्द अग्रवाल, १९८७/८८ मा लायन ठाकुर हिरा सिंह, १९९०/९१ मा लायन एम.डी. अग्रवाल, १९९१/९२ मा लायन पि.एल. अग्रवाल र १९९९/२००० मा लायन डा. वाई एम प्रधान गभर्नर भएका थिए ।
लायन वर्ष १९८७/८८ मा गभर्नर लायन ठाकुर हिरा सिंहको अथक मेहनतले अन्य क्लबहरु पनि खुले । यसै कारण तत्कालिन इन्टरनेसनल प्रेसिडेन्ट लायन जज ब्रायन स्टेभेन्सनले नेपाल भ्रमण गरी नेपाललाई अलग्गै डिष्ट्रिक्ट ३२५ घोषणा गरे ।
लायन्स क्लब अफ काठमाडौंले मिनभवनमा लायन्स आँखा अस्पताल, झापाको दमकमा पाथीभरा नेत्रालय स्थायी प्रोजेक्टमा रुपमा सञ्चालन गरिरहेको छ । यी दुवै प्रोजेक्ट पास्ट डिष्ट्रिक्ट गभर्नर लायन वाई.एम. प्रधानको सक्रियतामा सञ्चालनमा आएको हो ।
लायन्स क्लब अफ काठमाडौंले सन् १९७२ मा नै लियो क्लब अफ काठमाडौं सञ्चालनमा ल्याएको थियो । तर यो १९७७ सम्म मात्र सक्रिय भयो । यो अवधिमा लियो कृष्ण प्रसाद श्रेष्ठ, लियो सुरेन्द्र विर मालाकार, लियो विनोद कुमार चौधरी, लियो बसन्त कुमार चौधरी लियो प्रेसिडेन्ट भए ।
सन् २०१७ मा पुनः लियो क्लब अफ मिनभवनलाई लियो कृतिका राजकर्णिकारको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौंले सञ्चालनमा ल्यायो । लियो कृतिका बेष्ट लियो अफ द इयरका रुपमा लायन्स क्लब्स् इन्टरनेसनलबाट सम्मानित समेत भइन् ।